×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालले दियो ओमानलाई १९७ रनको मध्यम लक्ष्य

नेपालले दियो ओमानलाई १९७ रनको मध्यम लक्ष्य

काठमाडौं - आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली ओमानलाई १ सय ९७ रनको विजयी लक्ष्य दिएको छ । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ९० रनको महत्वपूर्ण योगदान दिए। आसिफले बिलाल खानबाट बोल्ड हुनुअघि ११२ बलमा ७ चौका र १ छक्का हिर्काए। आसिफको यो पहिलो एकदिवसीय अर्धशतक हो।

अर्का ओपनर कुशल भुर्तेल शून्यमै आउट भए। कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोडे। ज्ञानेन्द्रले ३३ बलमा १ चौका हिर्काए।
रोहितकुमार पौडेलले २० रन जोड्दा विनोद भण्डारी ६ रनमै आउट भए।  सोमपाल कामी ७ रन, कुशल मल्ल ४ रन र विक्रम शोव २ रनमा आउट भए।  १० बलमा १ चौका र १ छक्का प्रहार गरेका सन्दीप लामिछाने १६ रनमा रनआउट भए। करण केसीले २१ रनको योगदान गरे। उनले ४८ बलमा १ चौका र १ छक्का हिर्काए।

बलिङमा ओमानका बिलाल खानले चार विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ४७ रन खर्चिए।
हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ।  पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

नेपालले हालसम्म अमेरिकासँग तीन खेल र ओमानसँग दुई खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

प्रतिकृया दिनुहोस्