काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका छन् । पछिल्लाे जानकारीअनुसार उनी १२५५३ मतसहित शीर्ष स्थानमा रहेकाे छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ६७०६ मतसहित दाेस्राे स्थानमा रहेका छन् भने ५९५७ मतसहित सिर्जना सिंह तेस्राे स्थानमा रहेकी छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी मदनदास श्रेष्ठ ८०९ साथ चौथो स्थानमा छन् । हाल मतगणना जारी छ ।