×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रेस स्वतन्त्रतालाई कुन्ठित हुन दिँदैनौँ : अध्यक्ष पोखरेल

प्रेस स्वतन्त्रतालाई कुन्ठित हुन दिँदैनौँ : अध्यक्ष पोखरेल

कलैया- नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रतालाई हनन गर्न खोजे महासङ्घ चुप लागेर नबस्ने बताउनुभएको छ । बाराको सदरमुकाम कलैयास्थित करणराज प्यालेसमा आज साझेदारी दैनिक राष्ट्रिय पत्रिकाको आठौं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलले सत्तामा नरहँदा प्रेसको वकालत गर्ने तर सत्तामा आएपछि प्रेसको घाटी निमोठ्ने काम गर्ने गरेकाले प्रेस स्वतन्त्रताका हक हनन गर्न खोज्ने जोकोहीसँग हाम्रो सहकार्य नहुने ठोकुवा गर्नुभयो ।

प्रेस बलियो नभए प्रजातन्त्र बलियो नहुने बताउँदै अध्यक्ष पोखरेलले प्रेसमाथि अंकुश लगाउने काम सैह्य नहुने बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारका लागि  श्रम ऐन लागू गर्न माग गर्नुभयो । संविधानसभा सदस्य डा शोभाकर पराजुलीले विधिको शासन कायम गराउने, मुलुकमा शान्ति सुव्यवस्था कायम गराउने र राज्यको हरेक निकायलाई खबरदारी गर्ने प्रेस जगतलाई सबैले सम्मान गर्नुपर्ने धारणा व्यतm गर्नुभयो । 

जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र साह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछानेलगायतले आ–आफ्नो धारणा व्यतm गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष लम्साल तथा केन्द्रीय सदस्यहरु गणेश रिजाल र अप्सरा पुडासैनीलाई सम्मान गरिएको थियो । 

प्रतिकृया दिनुहोस्