धनगढी- दार्चुलामा बाढीपहिरोमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।
जिल्लाको दुहु गाउँपालिका- ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर उपचारका लागि धनगढी ल्याइँदैछ ।
आइतबार राति आएको बाढीपहिरोमा परी जिल्लाको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघु जलविद्युत् समेत बगाएको छ ।