×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। कार्कीले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक अंगका प्रमुखहरू,  न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दियो।

यसअघि कायममुकाय प्रधानन्यायाधीश रहेका कार्कीलाई शुक्रबारै राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए।

आजै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। उनको कार्यकाल आगामी साउन १९ गतेसम्म रहेको छ।

प्रतिकृया दिनुहोस्