काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको हो ।
भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उनले बताएकी छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार नेपालको शान्ति प्रक्रिया सकरात्मक दिशामा अघि बढेको टिप्पणी गरेकी छन् ।
उनका अनुसार प्रचण्डले युरोपेली युनियनलाई सहयोगका लागि धन्यवादसहित नेपालको शान्ति र विकासको लागि साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।