×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

फोन भिजेमा चामलभित्र नहाल्न एप्पलको चेतावनी

फोन भिजेमा चामलभित्र नहाल्न एप्पलको चेतावनी

काठमाडौं - फोन वर्षाले भिजेमा, पानीको भाँडो वा बाथरुममा खसेको अवस्थामा धेरैले त्यसलाई समातेर चामलको बोरा अथवा अन्त कतै राखिएको चामलभित्र हाल्ने गरेको पाइन्छ । फोनभित्र पसेको पानीलाई चामलले सोस्न मद्दत गर्छ भन्ने ठानेर त्यसो गर्ने गरिएको छ ।

विज्ञले वर्षौँदेखि यस्तो कार्य गलत भएको बताउँदै आएका छन् । अहिले एप्पलले पनि आधिकारिक रूपमा त्यसो नगर्न चेतावनी दिएको छ ।

“आफ्नो आइफोन चामलको बोरामा नराख्नुहोस् । त्यसो गर्दा चामलका साना कणले तपाईंको आइफोनलाई क्षति पुर्‍याउन सक्छ,” एप्पलले एक ‘नोट’मा भनेको छ । क्षतिको जोखिमसँगै चामल फोनलाई सुकाउन प्रभावकारी नहुने परीक्षणले देखाएको कम्पनीले जनाएको छ । चामलभित्र उपकरण हाल्ने चलन सन् १९४६ मा क्यामेराको पालादेखि नै सुरु भएको अनुमान गरिएको छ ।

एप्पलले आइफोनलाई बाह्य तापको स्रोत वा कम्प्रेस्ड हावा प्रयोग गरेर पनि नसुकाउन भनेको छ । यस्तै, कनेक्टरमा कपासको स्वाब वा कागज नहाल्न समेत एप्पलले आग्रह गरेको छ ।

फोनले काम नगरेको नभए तुरुन्तै बन्द गर्न र कुनै पनि बटन नथिच्न एप्पलको सुझाव छ । कपडाले पुछेर र हावा भएको कन्टेनरमा राखेर फोन सुक्खा भएपछि मात्र चार्ज गर्न एप्पलको आग्रह छ ।
 

प्रतिकृया दिनुहोस्