×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको आग्रह : न्यायालयको समस्याको निकास खोज्नुस्

प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको आग्रह : न्यायालयको समस्याको निकास खोज्नुस्

काठमाडौं - महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायपालिकाको समस्यामा चाँडै निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

बिहीबार महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसको कार्यक्रममा महान्यायाधिवक्ता खातीले न्यायालयमा देखिएको अन्योलमा चाँडो भन्दा चाँडो निकास दिन आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दैै नेपाल बार एशोसिएसनले दुई महिना भन्दा अघिदेखि आन्दोलन गरिरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशले तोकेको पेशी बहिस्कार गर्दै आएका थिए र मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्न थालिएको छ । न्याय क्षेत्रका विभिन्न संस्था र व्यक्तिहरुले प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवा उपस्थित कार्यक्रममा यही विषय ध्यानाकर्षण गराउँदै महान्यायाधिवक्ता खातीले संसदमार्फत वा अरु माध्यमबाट भए पनि न्यायपालिकाकाको समस्यामा निकास दिन आग्रह गरेका हुन् । ‘अदालतको समस्याबारे सर्वदलीय सहमति गरेर भए पनि निकास दिनुस्’ उनले भने ।

प्रतिकृया दिनुहोस्