×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेसका ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक, डोल्पामा निर्वाचन अधिकृत खटाइयो

कांग्रेसका ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक, डोल्पामा निर्वाचन अधिकृत खटाइयो

काठमाडौँ - कांग्रेसले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । १४औं महाधिवेशनका लागि गठन भएको केन्द्रीय निर्वाचन समितिले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाका क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरेको हो । यससँगै ६९ जिल्लाको सदस्यता सार्वजनिक भएको छ भने अब ८ जिल्लाको सदस्यता प्रकाशित हुन बाँकी रहेको छ । निर्वाचन समितिले हिमाली जिल्ला डोल्पामा भने निर्वाचन अधिकृत समेत खटाएको छ ।

बाँकी जिल्लामा भने एकैसाथ कार्यतालिका प्रकाशित गरेर अधिवेशनको प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिकाअनुसार डोल्पासहित हिमाली जिल्लामा दशैंअगावै जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने उदेश्य छ । तीबाहेकमा भने दशैं अगाडि पालिका तहसम्मको मात्रै अधिवेशन सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिकृया दिनुहोस्