काठमाडौं- छोटो समयमै राष्ट्रिय पार्टीका रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र आन्तरिक द्वन्द्व देखा परेको छ । चर्चित सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यस पार्टी भर्खरै सम्पन्न आमनिर्वाचनमा समानुपातिकर्फ पाएको मतका आधारमा राष्ट्रिय दल बनिसकेको छ ।
पार्टी गठनको पााँच महिनामै राष्ट्रिय पार्टी बन्न सफल रास्पामा आन्तरिक विवाद देखिएको छ । रास्वपाको मकवानपुर समितिमा आन्तरिक विवाद उत्पन्न भएको हो । पार्टीको मकवानपुर सभापतिलाई नै कारबाहीको माग गर्दै केन्द्रीय कार्यालयमा उजुरीपरेको छ ।
मकवानपुर सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन् ।
जिल्ला सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिक तर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेटाएको आरोप छ । न्यौपानेले अरू पार्टीका उम्मेदवारसँग समानुपातिक उम्मेदवार प्रजालाई भेटाएर आफूहरूको भोट नोक्सान गरेको रास्वपा उम्मेदवारहरूको आरोप थियो ।