×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मतदाता परिचयपत्र नहुनेले मतदान गर्न पाइँदैन ?

मतदाता परिचयपत्र नहुनेले मतदान गर्न पाइँदैन ?

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन यही मंसिर ४ गते हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

आयोग र गृह मन्त्रालयले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातासमक्ष आग्रह गरेका छन् । मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र लिएर जानु पर्नेछ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानको दिन मतदान केन्द्रमा जाँदा आयोगबाट जारी भएको सक्कल मतदाता परिचयपत्र लिएर जानु पर्ने आयोगले स्पष्ट पारेको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र हराएको खण्डमा अथवा साथमा नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र लिएर गए पनि मतदान गर्न पाउनेछन् ।

यसबाहेक राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपूर्जा, राहदानी, सवारीचालक अनुमतिपत्र भए पनि मतदान गर्न पाइनेछ । तर, यी कागजातको सक्कलप्रति नै लिएर जानु पर्नेछ ।

 

प्रतिकृया दिनुहोस्