×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवनमा गठबन्धनले गर्न लागेको आमसभा स्थल डुब्यो

चितवनमा गठबन्धनले गर्न लागेको आमसभा स्थल डुब्यो

काठमाडौं- चितवनको भरतपुरस्थित हाकिम चोकमा सत्ता गठबन्धनले आज गर्न लागेको चुनावीसभा स्थल जलमग्न भएको छ। गयराती परेको पानीले आमसभा स्थल डुबानमा परेको हो। सभाका लागि तयार गरिएको मञ्च र टेन्टहरु भएको ठाउँ पनि जलमग्न भएको छ। त्यहाँ गाडिएको झण्डा पनि हावाले उडाएको छ। सभाका लागि अघिल्लो दिन नै मञ्च तयार पारेर टेन्टहरू राखिएको थियो। सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ।

यस्तै सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूलाई पनि कार्यक्रममा निम्त्याउने तयारी गरिएको थियो। तर महामन्त्री थापाले भने सभालाई सम्बोधन नगर्ने बताइ सकेका छन्।

देउवा र वरिष्ठ नेता पौडेल बुधबार नै चितवन पुगिसकेका छन्। प्रचण्ड र नेपाल आज बिहान चितवन जाँदैछन्। भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन्। गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।

पौडेल ब्याक नभएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन्।

प्रतिकृया दिनुहोस्