अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको छ । उनले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन् । यसै साताको शुक्रवार प्रसारण भएको कमेडी च्याम्पियन सिजन २ मा समेत सहभागी भएकी उनले आज सन्तान जन्माएकी हुन् । उनका श्रीमानले छोरालाई हातमा लिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै छ ।
प्रेमी दिपेक्ष विक्रम राणासँग दुई वर्ष अघि विवाह गरेकी उनले गर्भावस्थाको उत्तरार्धसम्म पनि काम गरिरहेकी थिइन् । कमेडी च्याम्पियनसँगै उनले लकडाउनको समय सदुपयोग गर्दै आफ्नै युट्युब च्यानलमार्फत कार्यक्रम सञ्चालन गरिरहेकी थिइन् ।