×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज देशभर मौसम बदलि हुने

आज देशभर मौसम बदलि हुने

काठमाडौं - आज पनि मुलुकभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली भने रहेको छैन । तर शनिबार (आज) बिहानैदेखि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ ,२ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्कारफाटफुट वर्षा भईरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक अन्य प्रदेशका एकरदुई स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली भने नरहेको मौसमविद्ले जानकारी दिएका छन्। देशभर आंशिक देखि सामान्य बदली रही देशहका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्