×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सामान्य अंकले घट्याे नेप्से , ८० करोड ३५ लाखको कारोबार

सामान्य अंकले घट्याे नेप्से , ८० करोड ३५ लाखको कारोबार

काठमाडौं- साताको पहिलो कारोबारकाे दिन आज (आइतबार) शेयर बजार परिसूचक (नेप्से)मा सामान्य अंककाे गिरावट आएकाे छ । नेप्से ९.६९ अंकले घटेर १८६०.९४ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा ८० करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये २ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ वटा समूहको सेयर मूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये ३० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७३४.६० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार पिपुल्स पावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज ८ करोड ४७ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्