सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । १६५ प्रतिनिधि र ३३० प्रदेशसभा सबैमा गठबन्धन नभएको बालुवाटारले जनाएको छ ।
काठमाडौँ- तालमेल र मित्रवत् प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रबारे जानकारी दिन सत्ता गठबन्धनमा रहेका दलहरूले विज्ञप्ति जारी गर्दै छन् । बालुवाटार स्रोतका अनुसार १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचनमा कहाँ–कहाँ गठबन्धन भएको र नभएको ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने बारे जानकारी दिन लागिएको हो ।