×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले मुगुको अध्यक्षमा जीतबहादुर मल्ल

एमाले मुगुको अध्यक्षमा जीतबहादुर मल्ल

सुर्खेत- नेकपा एमाले मुगुको अध्यक्ष जीतबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । जिल्लाको आठौं अधिवेशनले मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यस्तै, उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन् ।

यस्तै, अधिवेनबाट समावेशी रुपमा ९० सदस्यीय जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले मुगुका युवा नेता तथा कर्णाली प्रदेश सभा सदस्य दानसिँह परियारले जानकारी दिए ।

गत पुस २३ गते अधिवेशन गर्न भनिए पनि मौसमका कारण गत पुस २७ गते उद्घाटन भएको थियो भने अधिवेशनले नयाँ नेतृत्व चयनका लागि सहमति खोज्दै एक साता लम्बिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्