×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीको ‘समृद्ध नेपाल’ अभियानलाई साथ, प्रतिगमनकारी गतिविधिविरुद्ध गोलबद्ध हुने अखिलको घोषणा

ओलीको ‘समृद्ध नेपाल’ अभियानलाई साथ, प्रतिगमनकारी गतिविधिविरुद्ध गोलबद्ध हुने अखिलको घोषणा

काठमाडौँ - नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक संस्थामा हुने अनावश्यक हड्ताल, तोडफोड र बन्दको पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।

असार १४ र १५ गते काठमाडौँमा बसेको संगठनको प्रथम सचिवालय बैठकका निर्णयहरू सार्वजनिक गर्न आज जारी गरिएको ‘खुलाखेल घोषणापत्र’ मार्फत अनेरास्ववियुले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।

अध्यक्ष डा. सुजन कडरियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘शिक्षामा समानता र पहुँच – समाजवादको आधार, पालिका–पालिकामा, अनेरास्ववियुको खबरदार!’ भन्ने नयाँ अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। यो अभियानमार्फत संविधान प्रदत्त विद्यार्थीका हक, हित र शैक्षिक उन्नयनका लागि संगठित रूपमा उभिने अनेरास्ववियुले जनाएको छ।

त्यस्तै, संगठनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई आत्मसात् गर्दै विकास निर्माण र राष्ट्रियताको पक्षमा उभिने निर्णय गरेको छ।

विज्ञप्तिमा नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूमाथि देखिन थालेको प्रतिगमनकारी गतिविधिको कडा प्रतिवाद गर्ने र लोकतन्त्रको पक्षमा सशक्तरूपमा उभिने उल्लेख छ। साथै, युद्ध र शस्त्रीकरणले निम्त्याउने खतराप्रति सचेत रहँदै विश्व शान्ति र मानवताको पक्षमा दृढतापूर्वक उभिने बताइएको छ।

प्रतिकृया दिनुहोस्