×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माघ दोस्रो साता प्रदर्शन हुँदै फिल्म ‘जीवनसाथी’

माघ दोस्रो साता प्रदर्शन हुँदै फिल्म ‘जीवनसाथी’

काठमाडौँ- दीपक तामाङको निर्देशन रहेको चलचित्र ‘जीवनसाथी’ आगामी माघमा प्रदर्शनमा आउने भएको छ । किशोर खतिवडा, जयकिशन बस्नेत, अर्जुन गुरुङ, सानिया खान लगायतको अभिनय रहेको चलचित्र माघको १३ गतेबाट प्रदर्शनमा आउने भएको हो । प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्रलाई फायर इन्टरप्राइजेज प्रालि र सिन्का फिल्म प्रोडक्सन प्रालिले निर्माण गरेको हो ।

भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्रमा मल्लसँगै प्रिन्सराज श्रेष्ठ र दीपक तामाङ निर्माताका रुपमा छन् । चलचित्रको विदेशमा समेत विशेष प्रदर्शनी गरिने निर्देशक लामाले जानकारी दिए ।

चलचित्रको वितरकमा आरआर फिल्मस रहेको छ ।

प्रतिकृया दिनुहोस्