×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमाले विजयी

पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमाले विजयी

पाल्पा- पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छ्न् । पाँच दलीय गठबन्धनलाई पछि पार्दै यसअघिकै अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा दोहोरिएका हुन् ।

पालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई पछि पार्दै एमालेका उम्मेदवार विष्णुप्रसाद भण्डारी विजयी भएका हुन् ।

भण्डारीले पाँच हजार ५८६ मत ल्याउदा उनका प्रतिस्पर्धी अधिकारीले चार हजार ५४२ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी राधाकुमारी श्रेष्ठ पाँच हजार ७१९ मत ल्याएर दोस्रो कार्यकालका लागि विजयी हुँदा उनकी प्रतिस्पर्धी गठबन्धन दलको तर्फबाट नेपाली काङ्ग्रेसका विश्नुकुमार थापाले पाच हजार ५८ मत पाए । ५ वडा रजेको रम्भामा तीन वडामा एमाले विजयी भएको छ भने दुइटा वडामा नेपाली काङ्ग्रेस विजयी भएको छ ।

प्रतिकृया दिनुहोस्