पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य गाेकुल बाँस्काेटाले हुँदै नभएकाे किताब धारा कहाँबाट आयाे भनी कटाक्ष गरेका छन् ।
बाँस्काेटाले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टीकाे चुनाब चिन्ह खुला किताब राखेकाले उनीप्रति गरी कटाक्ष प्रहार गरेका हुन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘परमादेश धाराबाट सरकार ढाले । होला नि त भनियो । अध्यादेश धाराबाट पार्टी खोले । त्यो पनि छ होला भनियो । तर हुँदै नभएको किताब धारा चैं कहाँबाट ल्यायो फेरि ? बाईस धारा न मुक्तिनाथको धारा । साइपालदेखि कन्चन्जंघासम्मको प्राकृतिक जलधारा त हुँदै होइन । पक्कै यो चै एकनाथ धारा वा MCC 607 को 5.5 होला ।’