×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

आन सान सू चीको पार्टी म्यानमार निर्वाचन आयोगद्वारा खारेज

एजेन्सी - म्यानमारमा यहाँको सैन्य सरकारले गठन गरेको निर्वाचन आयोगले स्वतन्त्रतावादी नेत्री आन सान सू चीको पार्टी नेश्नल लीग फर डेमोक्रेसी एनएलडीलाई विघटन गरेको छ ।

गत वर्षको नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली गरेको आरोप लगाउँदै आयोगले उक्त शक्तिशाली पार्टीलाई विघटन गरेको हो । म्यानमारका मिडियाका अनुसार उक्त आयोगको बैठक अन्य धेरै राजनीतिक दलहरुले वहिस्कार गरेका थिए ।

आयोगका प्रमुख आयुक्त थेयन सोका अनुसार एनएलडीले चुनावमा धाँधली गरेकाले उक्त पार्टीको दर्ता खारेज गरिएको हो । चुनावमा धाँधली गर्ने अन्य पक्षलाई पनि कारवाही गरिने सोले बताए ।

यस घटनाबारे एनएलडीका नेताहरुले भने हालसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेको थियो । आन सान सू ची सहित थुप्रै नेतालाई सेनाले पक्राउ गरेपछि सैनिक सत्ता विरोधी आन्दोलन निरन्तर रुपमा चलिरहेको छ ।
 

प्रतिकृया दिनुहोस्