×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भीपीएनबाट फेसबुक चलाउन साह्रै गाह्रो हुँदो रहेछ ,भन्दै देउवाको पोस्टमा बालेनको कमेन्ट

भीपीएनबाट फेसबुक चलाउन साह्रै गाह्रो हुँदो रहेछ ,भन्दै देउवाको पोस्टमा बालेनको  कमेन्ट

 

 


काठमाडौं । सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारद्वारा प्रतिबन्धित सामाजिक सञ्जाल चलाएका छन् । उनले फेसबुकमा हिजो आफ्नो सार्वजनिक कार्यक्रमसँग सम्बन्धित एउटा पोस्ट गरे ।
देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको भन्दै तस्बिरहरू हालेका थिए । उक्त पोस्टमा सयौँ कमेन्टहरू आएका छन्, अधिकांश नकारात्मक । त्यसमध्ये एउटा छ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको ।

साहले देउवाको कमेन्ट बक्समा गएर कटाक्षपूर्ण टिप्पणी गरेका हुन् । देउवाले भीपीएनको सहारामा फेसबुक चलाइरहेको छ र आफूले पनि चलाउने गरेको बालेनको संकेत छ । भिपिएन चलाउन गाह्रो हुने अनुभव उनले सुनाएका छन् ।
उनले लखेका छन्, ‘यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी । सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’


 

प्रतिकृया दिनुहोस्