×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र ‘आकाशे खेती’ को शीर्ष गीत सार्वजनिक

चलचित्र ‘आकाशे खेती’ को शीर्ष गीत सार्वजनिक

काठमाडौँ- चलचित्र ‘आकाशे खेती’ को शीर्ष गीत सार्वजनिक भएको छ । चिटिक्कै परेर आइछेउ भदै सुरु हुने गीतमा चलचित्रका मुख्य कलाकार समेटिएका छन् । गीतमा राजेश पायल राई , लोक पौडेल , अन्जु पन्त र सु्म्निमा इङनामको स्वर रहेको छ । यो गीतमा विकाश चौधरीको संगीत रहेको छ भने हरि उप्रेतीको शब्द रचना छ ।

चलचित्रमा निता ढुङ्गाना, विल्सन विक्रम राई, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रवीन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनयको मुख्य भूमिका रहेको छ । चलचित्रमा राजु किराँतीको द्वन्द्व, सुजन बडाल सम्पादन , विक्रम डिसीको छायाङ्कन ,राम जी लामिछाने र राजीव सिंहको नृत्य निर्देशन रहेको छ । चलचित्र फागुन २७ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रतिकृया दिनुहोस्