×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट : ६ हजार ८५ नयाँ सक्रमित थपिए, ६८ जनाको मृत्यु

कोरोना अपडेट : ६ हजार  ८५ नयाँ सक्रमित थपिए, ६८ जनाको मृत्यु

काठमाडौं- पछिल्लो तीन दिनयता ओरालो लागेको कोभिड संक्रमितको संख्या आज फेरि बढेको छ । पछिल्लो २४ घण्टामा २० हजार १६५ वटा नमुनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ भने मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
 

प्रतिकृया दिनुहोस्