काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक सुरु भएको हो ।
बैठकमा पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्याउने र पार्टीको सङ्गठनात्मक कामलाई कसरी अघि बढाउने बारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
पोलिटब्यूरो र पदाधिकारीको टुङ्गो नलगाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका थिए । उनी भारत भ्रमण सकाएर फर्किएपछि बैठक बस्न लागेको हो ।