×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म मन्त्री बन्दिनँ : सीके राउत

म मन्त्री बन्दिनँ : सीके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू मन्त्री नबन्ने बताएका छन्। जनमत पार्टी उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। संसद् भवनमा बसेको सत्तारुढ दलको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष राउतले भने, “म मन्त्री बन्दिनँ। हाम्रो पार्टीका उपाध्यक्षको नेतृत्वमा सरकारमा सहभागी हुन्छौँ।”

जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने उनले जानकारी दिए। तीन मन्त्रालयको दाबी गरेको भए पनि अहिले आपूर्ति मन्त्रालय टुङ्गो लागेको उनको भनाइ थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन्। त्यसअघि मन्त्रालयको टुङ्गो लगाउन सत्तारुढ दलको बैठक बसेको हो।

प्रतिकृया दिनुहोस्