×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

समयमै प्रसुति सेवा नपाउँदा वडा सदस्यको मृत्यु

समयमै प्रसुति सेवा नपाउँदा वडा सदस्यको मृत्यु

काठमाडौं- समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा एकजना महिलाको मृत्य भएको छ। विजयनगर गाउँपालिका वडा नं. ३ का वडा सदस्यसमेत रहेकी माधुरी लोहारको प्रसूति सेवा नपाउँदा ज्यान गएको हो।

गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट वडा सदस्यमा निर्वाचित लोहोरको सुत्केरी व्यथाले च्यापे पनि समयमा उपचार नपाउँदा निधन भएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। उनले प्रसूति सेवाकै अभावमा महिला जनप्रतिनिधिले ज्यान गुमाउनु परेको बताउँदै मृतक लोहारलाई उपचारका लागि बुटवल लगिए पनि उपचार सम्भव नभएको बताए।

प्रतिकृया दिनुहोस्