×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप १ सय ५८ जनामा काेराेना संक्रमण, २ काे मृत्यु

थप १ सय ५८ जनामा काेराेना संक्रमण, २ काे मृत्यु

काठमाडाैँ- नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ४ सय ५८ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार ४६ एन्टीजेन परिक्षणका क्रममा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ५४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार १ सय ६७ जना निको भएका छन् ।

हाल नेपालमा ७ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्