×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सहयोग लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

सहयोग लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

काठमाडौँ - सहयोग सामग्री लिएर नेपाली टोली आइतबार बिहान अफगानिस्तान प्रस्थान गरेको छ । हिमालय एयरलाइन्सको विमानमार्फत परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको हो । औषधि, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्रीसहित नेपालले अफगानी जनतालाई सहयोग गर्न लागेको हो ।
काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए । संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए ।
सरकारले विभिन्न दातृ संस्था र निजी क्षेत्रबाट संकलित सामग्री अफगानी जनताका लागि पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी सेना फर्किएपछि सार्क मुलुक अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिएको छ । तालिबानको सत्तालाई अन्तर्राष्ट्रिय समुदायले समर्थन जनाएका छैनन् । तालिबानको शासनसँगै अफगानिस्तानमा भुखमरी र स्वास्थ्य समस्या विकराल बन्दै गएको समाचारहरु प्रकाशित भएका छन् ।

प्रतिकृया दिनुहोस्