×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्जु चौधरीको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

सन्जु चौधरीको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

काेहलपुर- भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बुधबार बिहान बाँकेको राप्तीसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जलि अर्पण गरेका हुन् । 

मंगलबार काठमाडाैँमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृह नगर बाँके लगिएको छ । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ ।

चौधरीलाई अन्तिम श्रद्धाञ्जलि दिन बेलासपुर पुगेका मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

श्रद्धाञ्जलि सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणिय क्षती पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक विजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएका थिए ।

प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

चौधरीको उनकै गृहनगरमा बुधवार धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको छ ।

प्रतिकृया दिनुहोस्