×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेको समानुपातिक नामावली भोली मात्र टुंग्याउने

एमालेको समानुपातिक नामावली भोली मात्र टुंग्याउने

काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरूको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ ।
 
आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा तीन वटा निर्णय भएको जानकारी दिनुभयो । महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरूका बारेमा जानकारी गराउनुभएको गुरुङले बताउनुभयो ।
 
संघीयतर्फ ११० जना र प्रदेशतर्फ २२० जना उम्मेदवारहरूको सूची बनाउन विविध मापदण्ड, समावेशितालाई ध्यान एवम् क्लस्टरलाई ध्यानमा राखेर बनाउनेबारे छलफल भएको गुरुङले बताउनुभएको छ । 
 
त्यस्तै, बैठकले अछाम जिल्लामा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै उद्दार तथा राहतका लागि सरकारसँग माग गरेको छ । त्यस्तै, पाकिस्तानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
 
बैठक पुनः भोलि बिहान ११ बजे बस्ने गुरुङले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस्