काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक भर्खरै सकिएको छ । बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइनेछ ।
नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै आज बसेको सीसीएमसीको बैठकले सो निर्णय गरेको हो ।
बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको बैठकमा सहभागि एक सदस्यले बताए ।
बैठकले निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ । यस्तै देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।