काठमाडौं- प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरेको छ। अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको हो।
दोस्रो पटक म्याद थप हुँदा सन्दीपको पक्षमा वकालत गरिरहेका कानुन व्यवसायीहरुले थपिएको म्यादपछि मुद्दा दर्ता होस् भन्ने चाहेको बताएका थिए। तर प्रहरीले घटनामा अनुसन्धान नसकिएको बताएको छ। र, थप समय हिरासतमा राख्न अनुमति लिने तयारी गरेको छ।