×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिवि उपकुलपति कार्यालयको ताला झण्डै ५ महिनापछि खुल्यो

त्रिवि उपकुलपति कार्यालयको ताला झण्डै ५ महिनापछि खुल्यो

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाएको ताला करिब पाँच महिना पछि आइतबारदेखि खुलेको छ। नेपाल विद्यार्थी स‌ंघले विभिन्न माग राख्दै माघ ६ गते र आंशिक प्राध्यापकहरूले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए। नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन्। योसँगै करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ।

आंशिक प्राध्यापकको ताला खोल्न आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ। नेविसंघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ।

त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच २०७८ मंसिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको १४२९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटको लागि १५ दिनभित्र पहल गर्ने सहमति भएको छ। नेविसं‌घका सभापति दुजाङ शेर्पाले आइतबार बिहान प्रधानमन्त्री देउवासँग भेट गरेका थिए।

यो पनि

त्रिविको ताला नेविसंघले खोल्यो, १५ दिनभित्र छानबिन समिति गठन गर्न माग

प्रतिकृया दिनुहोस्