काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आज बुधवारको विदेशी विनिमय दरभाउ तोकेको छ। जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।
यस्तै अस्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसामा आइपुगेको छ। नेपालमा निरन्तर घटेको अस्ट्रेलियन डलरको खरिद मूल्य मङ्गलवार एक अस्ट्रेलियन डलर बराबर ८३.३७ रुपैयाँ तोकिएको थियो। एक महिना अघिसम्म एक अस्ट्रेलियन डलरको खरिद मूल्य ८७.५५रुपैयाँ थियो।
त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १३ पैसा तोकिएको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।
अस्ट्रेलियन डलर २९ महिना यताकै सस्तो भएको छ। बुधबार एक अस्ट्रेलियन डलर बराबर ६२ युएस सेन्ट्समा कारोबार भइरहेको छ। यो अप्रिल २०२० यताकै न्यून भएको अन्तर्राष्ट्रिय सञ्चार माध्महरुले उल्लेख गरेका छन्।
अप्रिलमा अस्ट्रेलियन डलर हालसम्मकै उच्च अर्थात् एक अस्ट्रेलियन डलर बराबर ७६.६ युएस डलरमा कारोबार भइरहेको थियो। हाल यसमा १७ प्रतिशतले कटौती भएको छ।
यो वर्ष भरी नै अस्ट्रेलियन डलर ६२ देखि ६७.५ युएस सेन्ट्समा कारोबार हुने प्रक्षेपण नेशनल अस्ट्रेलिया बैङ्कले गरेको छ। सन् २०२३ मा मात्रै यसमा सुधार हुने प्रक्षेपण गरिएको छ।