×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

को हुन् दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नवनियुक्त भुपेन्द्र भण्डारी ?

को हुन् दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नवनियुक्त भुपेन्द्र भण्डारी ?

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।

भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार समेत हुन् । उनले दूरसञ्चार, प्रविधि, ब्याङ्किङ, फिन्टेक, वित्तीय परामर्श तथा अडिटिङ क्षेत्रमा अनुभव हासिल गरेका छन् ।

उनले यसअघि फिन्टेक कम्पनी पे नेप प्रालिको अध्यक्ष, बुरुन्डीस्थित टेलिकम अपरेटर लासेल एसयूको सीईओ, सिएरा लियोनस्थित इन्टरग्रुप टेलिकम लिमिटेडको सीईओ, स्पाइस नेपाल प्रालि (मेरो मोबाइल/हालको एनसेल)को डेपुटी चिफ फाइनान्स अफिसर, पशुपति विकास बैंक लिमिटेडको महाप्रबन्धक, कर्णाली विकास बैंक लिमिटेडको सीईओ लगायतको भूमिकामा रहेर काम गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्