×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नागरिक एपमा नयाँ फिचर : आजदेखि ‘क्यूआर कोड’सहितको खोप कार्ड लिन सकिने

नागरिक एपमा नयाँ फिचर : आजदेखि ‘क्यूआर कोड’सहितको खोप कार्ड लिन सकिने

काठमाडौँ- नेपाल सरकारले सञ्चालन गरेको नागरिक एपमा नयाँ फिचर थपिएको छ । सरकारले बिहीबार रातिदेखि एन्ड्रोइडमा नागरिक एपको अपडेटेड भर्सन १।४।८ ल्याएको हो । नयाँ अपडेटमा कोरोना  खोपको लागि आवेदन भर्न सकिने र क्यूआर कोड सहितको खोप कार्ड लिन सकिने फिचर थपिएका छन् । यद्यपि आईओएस भर्सनमा भने अपडेट पठाइसकेको भए पनि रिलिज हुन केही दिन लाग्ने बताइएको छ ।

खोप कार्डका लागि आवेदन दिएको १२ देखि २४ घण्टाभित्र स्वास्थ्य सेवा विभागको परिवार महाशाखाबाट स्वीकृत हुने बताइएको छ । सो पश्चात् नागरिक एपबाटै पीडीएफमा क्यूआर कोड सहितको कोरोना खोप कार्ड डाउनलोड गर्न सकिनेछ ।

 अनलाइन आवेदन दिँदा के के चाहिन्छ रु

क्यूआर कोडसहितको खोप कार्डका लागि अनलाइन आवेदन दिन नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स आदि मध्ये आफ्नो परिचय खुल्ने प्रमाण, खोप कार्ड, पासपोर्ट साइजको फोटो लगायतको विवरण खुलाउनुपर्ने हुन्छ ।

तर कोभिड(१९ को खोप कार्डमा स्थानीय तहको नाम, खोप केन्द्रको नाम र छाप प्रष्ट बुझिने नभएमा क्यूआर कोड भेरिफाइ हुँदैन । यदि त्यस्तो प्रकारको खोप कार्ड छ भने तुरुन्त आफूले खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।

नागरिक एपबाटै आफ्नो क्यूआर कोड सहितको सर्टिफिकेट प्रमाणित भए नभएको  थाहा पाउन समेत सकिन्छ । तर क फर्जी कागजपत्र अपलोड गरेको भेटिएमा कानूनी कारबाही गरिने बताइएको छ। त्यस्तै नागरिक एपबाट कोभिड खोप लगाउनका लागि अनलाइन आवेदन दिन समेत सकिन्छ । तर फारम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने हुँदैन ।

उपलब्धताका आधारमा खोप पाइने बताइएको छ । कोभिड(१९ विरुद्ध कुनै पनि खोप नलगाएका, तर खोप लगाउन इच्छुक १२ वर्ष भन्दा माथिका व्यक्तिहरूले यो फारम स्वैच्छिक रूपमा भर्न सक्नेछन् ।

फारममा आफ्नो पूरा नाम, पूरा ठेगाना, जन्म मिति, पेसा, स्वास्थ्य अवस्था, मोबाइल नम्बर र परिचय पत्र नम्बर ९नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, मतदाता परिचय पत्र, पासपोर्ट, अपाङ्गता परिचय पत्र, जन्म दर्ता० आदि खुलाउनुपर्ने हुन्छ ।

यसरी फारम भर्दा कुन केन्द्रमा खोप लगाउने भन्ने सूचना प्राप्त गर्न सकिन्छ । साथै यो आवेदन फारमबाट प्राप्त भएको विवरण स्थानीय तह स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन कार्यमा प्रयोग गरिने छ ।

कसरी लिने क्यूआर कोड सहितको खोप कार्ड रु

क्यूआर कोड सहित खोप कार्ड लिन गुगल प्ले स्टोरमा अथवा आईओएस एप स्टोरमा गएर नागरिक एप डाउनलोड गर्नुपर्नेछ । तर यस अघि नै एप डाउनलोड भएको छ भने प्ले स्टोरमा गएर एपलाई अपडेट गर्नुपर्नेछ ।

आईओएसका लागि भने यो भर्सनको अपडेट केही दिनमा उपलब्ध हुनेछ । यदि प्ले स्टोरमा त्यसको अपडेट देखिएन भने फोनको सेटिङ हुँदै एप्समा गएर गुगल प्ले स्टोरको क्याश क्लियर गरी पुनः प्ले स्टोरमा गएर अपडेट गर्नुपर्नेछ ।

एप १।४।८ भर्सनमा अपडेट भइसकेपछि त्यहाँ  ‘कोभिड भ्याक्सिनेसन’ अप्सन देख्न सकिन्छ । त्यसमा क्लिक गरी अनलाइन आवेदनका लागि प्रि रजिस्ट्रेसन तथा क्यूआर कोड सहितको खोप कार्डका लागि भेरिफिकेसन अप्सनमा गएर तल दायाँ कुनामा रहेको प्लस आइकनमा क्लिक गर्ने आवेदन भर्न सकिन्छ ।

ण्ण्ण्ण्ण्ण्

प्रतिकृया दिनुहोस्