सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद वर्माको निधन भएको छ । वर्माको उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह र मुटुको रोगबाट पीडित थिए ।
आइसीयूमा राखेर उपचार भइरहेको उनको गएराति निधन भएको वडाध्यक्ष दिनेश मिश्रले जानकारी दिए । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
बर्माको निधनप्रति प्रदेश २ का युवा तथा खेलकुदमन्त्री बीरेन्द्रप्रसाद सिंहले समवेदना व्यक्त गरेका छन् ।