×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्थानीय चुनावमा सोचेभन्दा बढी सफलता पायौँ: प्रचण्ड

स्थानीय चुनावमा सोचेभन्दा बढी सफलता पायौँ: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा आफ्नो पार्टीले प्रतिक्रियावादीहरूले सोचेभन्दा ठूलो सफलता पाएको टिप्पणी गरेका छन्।

बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले देशको राजनीति कता लैजाने भन्ने चाबी जनतालेम ओवादीको हातमा दिएको पनि टिप्पणी गरे। ‘बुर्जुवा र प्रतिक्रियावादीहरूले माओवादीले ३० पालिका मात्र जित्छ भन्ने रिपोर्ट बनाएका थिए,’ प्रचण्डले भने, ‘उनीहरूले सोचेभन्दा हामीले धेरै ठूलो सफलता पायौँ। जनताले नेपाली राजनीतिको धारालाई कता कुन मोडमा लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई दिएका छन्।’

यद्यपि, माओवादीले योभन्दा बढी सफलता पाउने विश्लेषण आफूहरूको रहेको पनि प्रचण्डले सुनाए। ‘हामीले त योभन्दा धेरै अपेक्षा गरेका थियौँ । देशको दोस्रो ठूलो र पहिलो कम्युनिष्ट पार्टी बन्छौँ भन्ने थियो,’ प्रचण्डले भने।

प्रतिकृया दिनुहोस्