×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भोलिबाट देशका अधिकांश ठाउँमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम

भोलिबाट देशका अधिकांश ठाउँमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले भोलि (मंगलवार)देखि बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । जोखिम बिहीवारसम्म रहने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले आग्रह गरेको हो । 

विभागका अनुसार भोलिबाट बिहीवारसम्म देशका पहाडी भू-भागमा पहिरोको जोखिम छ । साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार मंगलवार रातिदेखि प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानहरूमा मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै सुदूरपश्चिमका तराई क्षेत्र र कर्णालीका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस्