पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने तर एमालेका उम्मेदवारका हकमात्रै सहमति हुनुपर्ने बताए ।
उनले भने, ‘एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ । त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ हाम्रो सहमति पनि त्यहीं हो ।’ ढोक्साको जवाफमा पिँजडा आएको छ नि ? भन्ने प्रश्नमा ओलीले मानव समाजमा विभिन्न अदृश्य बन्धनहरु हुने भन्दै तिनै बन्धनबाट चल्दै आएको बताएका छन् ।
त्यसकारण फुक्काफाल मन पराउने, जसो गरेपनि हुने, कार्यकारीमा भोट दिन मिल्ने, छानिछानि भोट दिन मिल्ने, सरकारको समर्थन गर्ने सरकारको हिस्सेदारको विरोध गर्ने यस खालका कुरा भइरहने उनले बताएका छन् ।
उनले संयन्त्र बनेकोमा पनि विरोध गरेको सुनिएको भन्दै कांग्रेसले नै संयन्त्रको सुरुवात गरेको पनि बताएका छन् । ‘ नेपाली कांग्रेसले रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र बनाएर नयाँ प्रचलन सुरु गर्यो ।
मैले पहिला चाहिँदैन, पर्दैन भनेको हो । तर नेपाली कांग्रेसले गत सरकारको पालमा संयन्त्र बनाएर एउटा अभ्यास सुरु गर्यो’, ओलीले भने, ‘अब त्यो अभ्यास प्रचलनमा आइसक्यो ।