×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्डलाई बाबुरामको प्रस्ताव : समाजवादी मोर्चा बनाऔँ

प्रचण्डलाई बाबुरामको प्रस्ताव : समाजवादी मोर्चा बनाऔँ

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन्। माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ। जसपाबाट अलग भएका डा.बाबुराम भट्टराई सहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ।

नेसपाका अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका हुन्। भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए।

प्रतिकृया दिनुहोस्