×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिट बाँडफाँडको अन्तिम कोसिस गर्दै सत्ता गठबन्धन

सिट बाँडफाँडको अन्तिम कोसिस गर्दै सत्ता गठबन्धन

काठमाडौँ- पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै छ । विवादित पालिकाको सिट बाँडफाँडमा सहमति खोज्न बैठक बालुवाटारमा बिहान ८ बजेपछि बस्ने भएको हो । 

माओवादी नेता वर्षमान पुनकाअनुसार आजको बैठकमा गठबन्धनबीच चुनावी तालमेलको अन्तिम निर्णय गरिनेछ । विशेष गरी पालिकाहरूमा पद भागबन्डासम्बन्धी निर्णय लिइने उनको भनाई छ । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराउने आज दोस्रो तथा अन्तिम दिन भएकाले बैठकमा भागबन्डासम्बन्धी अन्तिम निर्णय हुने बताइएको छ ।

नेता पुनले भने आइतबार साँझसम्म गठबन्धनमा ७५ प्रतिशतसम्म ठाउँमा सहमति जुटिसकेको दाबी गरे । ‘हामीले पहिलेदेखि नै १२ गते नै उम्मेदवारी दिने समझदारी बनाएका थियौँ । अहिलेसम्म गठबन्धनमा ७५ प्रतिशतसम्म ठाउँमा सहमति जुटिसकेको छ’ पुनले भने  ।

महानगर र उपमहानगरको बाँडफाँडमा सहमति भइसकेको छ । यसअघि, आइतबार साँझ पनि बालुवाटारमा गठबन्धनका नेताको बैठक बसेको थियो । पाँच दल बाहिर चुनावी तालमेल नगर्नेलगायत निर्णय गरिएको थियो ।

प्रतिकृया दिनुहोस्