काठमाण्डौ- नेपाल राष्ट्र बैंकले जेठ २३ गते (सोमबार) २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले जेठ २४ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार (जेठ २३ गते) गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २४ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आउँदो भदौ २१ गते परिपक्व हुनेछ ।
यी ट्रेजरी बिलको जेठ २३ गते दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।