×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नक्कली शरणार्थी प्रकरण: १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

नक्कली शरणार्थी प्रकरण: १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ पर्नेहरुलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो। त्यस क्रममा अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको न्यायधीवक्ता महेशकुमार खत्रीले जानकारी दिनुभयो। 

उहाँले प्रहरीले अनुसन्धान टुंग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने विषयमा सोमबार १० बजे सम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्नुपर्ने जानकारी आएको बताउनुभयो। उहाँले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पश्चात अभियोजनको काम गर्ने बताउनुभयो। उहाँले थप अनुसन्धान प्रतिवेदन आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पारिने बताउनुभयो। 

उहाँले भन्नुभयो,‘संगठित अपराध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। शनिबारदेखि लागू हुनेगरी तीन दिनको म्याद थप भएको छ। प्रहरीले अनुसन्धान टुङ्ग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने सन्दर्भमा भोलि बिहान १० बजेसम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंमा पेस गर्न जानकारी आएको छ। त्यसपछि अभियोजनको कामको गृहकार्य गरिरहेका छौं। त्यसमा थप अनुसन्धान प्रतिवेदन हामीकामा आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पार्नेछौं। अहिले अनुसन्धान प्रतिवेदन आइनसकेको  हुनाले यसमा संगठित अपराध प्रतिवेदन नक्कल गरेको शरणार्थी कार्डहरु नक्कली बनाएको सरकारी कागजात क्रिर्ते र राष्ट्रकै अपमान गरेको हिसाबको अध्ययन भइरहेको छ। प्रतिवेदन अध्ययन नगरी हामीले अहिले नै स्पष्ट रुपमा भन्न सक्दैनौं।’

उहाँले प्रहरी अनुसन्धान प्रतिवेदन आइ नसकेको  हुनाले यसमा संगठित अपराध प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरु नक्कली बनाएको र राष्ट्रकै अपमान अभियोजनका विषयमा कुराकानी भइरहेको बताउनुभयो।

प्रतिकृया दिनुहोस्