काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ । घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानडामा रहेको नेपालले आज ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार राति ८: ४५ बजे सुरु हुनेछ । ओन्टारियो नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रने छन् ।
यस पछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ ।
त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । सन्दीप लामिछाने, रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ, बिनोद भण्डारी