काठमाडौँ- नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२औँ सम्मेलन आज (बिहीबार)देखि सुरु हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । हालका अध्यक्ष रञ्जित तामाङ नदोहोरिने भएपछि त्यसका लागि ७ जना आकाङ्क्षी देखिएका छन् । अध्यक्षमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी, विजय गौतम र दिपेश पुन आकाङ्क्षी देखिएका छन्