×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनको मोर्चा घोषणा

समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनको मोर्चा घोषणा

 

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको ‘समाजवादी मोर्चा’ले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने भएको छ ।

संघीय संसद भित्र रहेका तीनवटा दल र संसदबाहिर रहेको एउटा दलसमेत आबद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रुपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रुपमा घोषणा गर्न लागेको हो ।

जसअनुसार च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा बिहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय गरिएको छ  ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।

पहिलो शुभेच्छुक संगठनको रुपमा घोषणा हुन लागेको विद्यार्थी मोर्चाको सांगठनिक संरचनालगायतका विषयमा घोषणा कार्यक्रममा जानकारी दिइने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्