×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

"स्मार्टफोनको सेन्सर" लागूऔषधको नशा बढी भएको पत्ता लगाउने

"स्मार्टफोनको सेन्सर" लागूऔषधको नशा बढी भएको पत्ता लगाउने


काठमाडौँ  - एक अध्ययन अनुसार स्मार्टफोनले कुनै पनि व्यक्तिले गाँजा बढी लिएको परीक्षण गर्न सकिने देखिएको छ । कुनै एक व्यक्तिले गाँजा उपभोग गरेपछि नशामा छ कि छैन परीक्षण गर्न सकिने देखिएको छ ।
रटगर्स इन्स्टिट्यूट फर हेल्थ, हेल्थ केयर पोलिसी र एजिङ्ग रिसर्चद्धारा गरिएको अध्ययनमा यो कुरा देखिएको हो । जर्नल ड्रग एण्ड अल्कोहल डिपेन्डेन्समा प्रकाशित यस अध्ययनमा स्मार्टफोन सेन्सर डाटाको उपयोग लागुऔषधको लतको पहिचान गर्नको लागी गरिएको थियो। ५७ जनामा गरिएको परीक्षणमा ९० प्रतिशत नतिजा सही आएको जनाएको छ ।

अध्ययनका अनुसार, दिनको समय र साताको एक दिनमा गाँजा वा भांङको नशाको रिपोर्टिङ्ग अर्थात नशा गर्नेले नै गरेको जाँच रिपोर्टमा ६० प्रतिशत सहि देखिएको छ । स्मार्टफोनको सेन्सरले यसको ९० प्रतिशत नतिजा सत्य देखाएको अध्ययन बताइएको छ ।
लेखक तथा मनोचिकित्साका प्राध्यापक टेमी चुङ्गका अनुसार एक व्यक्तिको फोनमा सेन्सरको उपयोग गरी कुनै व्यक्ति कतिबेला लागूऔषधको नशाको अनुभव गरीरहेको छ भन्ने जानकारी हासिल गर्न सकिने अध्ययनमा देखिएको छ ।

प्रतिकृया दिनुहोस्